कर्णाली प्रदेश सभाको बैठक ३ वैशाखमा

बुधबार, १ बैशाख, २०७८
डिजिटल संस्करण

 कर्णाली प्रदेश सरकारले बैठक ३ वैशाखमा बस्ने भएको छ । सरकारको सिफारिसमा प्रदेश प्रमुख गोविन्दप्रसाद कौलोनीले सोमबार सभाको बैठक आह्वान गरेका हुन् । यसअघि आइतबार बसेको मन्त्रिपरिषद् बैठकले ३ वैशाखमा दिउँसो २ बजे बैठक बस्ने गरी प्रदेश सरकारसमक्ष सिफारिस गर्ने निर्णय गरेको थियो । 

प्रदेश सरकारका प्रवक्ता विमला केसीले आइतबारको बैठकले कालिकोटको नरहरिनाथ गाउँपालिकामा वडाको संख्या बढाउने र सिमाना हेरफेर गर्ने निर्णयसमेत गरेको जानकारी दिइन् ।

बैठकले कर्णाली खेलकुद परिषद्को सदस्यमा जाजरकोट नलगाड नगरपालिका–५ का इन्द्रबहादुर शर्मालाई मनोयन गर्ने निर्णय पनि गरेको छ । कर्णाली प्रदेश सरकारले लोपोन्मुख तथा सीमान्तकृत समुदायका लागि जीविकोपार्जन र आयआर्जन कार्यक्रम सञ्चालन कार्यविधि स्वीकृत गर्ने निर्णयसमेत गरेको छ ।

सुझावित समाचार