गुल्मीको सिर्सेनीमा खोलामा डुबेर दुई बालकको मृत्यु

मंगलबार, ३१ चैत, २०७७
डिजिटल संस्करण

गुल्मीको मदाने गाउँपालिका– ३ सिर्सेनीमा खोलामा डुबेर दुई बालकको मृत्यु भएको छ । वडा नम्बर १ अग्लुङका पाँचवर्षे सुमन विक र प्युठान गौमुखी गाउँपालिका– ५ खुँगका आठवर्षे गोविन्द विकको डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक पुरुषोत्तमप्रसाद पाण्डेयले जानकारी दिए । 

बिहान साढे ११ बजे स्थानीय पनाह खोलाको दहमा नुहाउने क्रममा डुबेर उनीहरूको मृत्यु भएको पाण्डेयले बताए । दुवै शव पोस्टमार्टमका लागि गुल्मी अस्पताल तम्घास ल्याइने उनले बताए । 

प्युठान गौमुखी गाउँपालिका– ५ खुँगकी विष्णु विक छोरा गोविन्दसहित सोमबार माइतीघर सिर्सेनी आएकी थिइन् ।

सुझावित समाचार