मन्त्री बनेर एमाले प्रवेश गरेका माओवादी केन्द्रका चार सांसदको पद रिक्त (भिडियोसहित)

बिहिबार, २६ चैत, २०७७
डिजिटल संस्करण

माओवादी केन्द्रका चार सांसदको पद रिक्त भएको छ । प्रतिनिधिसभाको बिहीबारको बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले टोपबहादुर रायमाझी, लेखराज भट्ट, प्रभु साह र गौरीशंकर चौधरीको सांसद पद रिक्त रहेको जानकारी गराएका हुन् । 

माओवादी केन्द्रको केन्द्रीय कमिटी बैठकको निर्णयअनुसार संसदीय दलका नेता पुष्पकमल दाहाल ‘प्रचण्ड’ले रायमाझी, भट्ट, साह र चौधरीले पार्टी परित्याग गरेको सूचना संसद् सचिवालयमा दिएका थिए । सोही सूचनाका आधारमा सभामुख सापकोटाले पद रिक्त भएको जानकारी बैठकमा गराएका हुन् ।

सर्वोच्च अदालतले एमाले र माओवादी केन्द्र ब्युँत्याइदिए पनि गृहमन्त्री रामबहादुर थापासहित रायमाझी, भट्ट, साह र चौधरी एमालेमा लागेका थिए ।  राष्ट्रिय सभा सदस्य थापालाई भने माओवादी केन्द्रले सांसदबाट कारबाही गरेको छैन ।

सुझावित समाचार