बहस गर्न संसदमा आउन प्रधानमन्त्रीलाई गगन थापाको चुनौती (भिडियोसहित)

बिहिबार, २६ चैत, २०७७
डिजिटल संस्करण

कांग्रेस सांसद गगन थापाले नेपालको इतिहासमा सबैभन्दा बढी अवसर पाएको अवस्थामा सरकारले  तीन वर्षको अवधिमा काम कति गर्यो भन्ने विषयमा तथ्य, तथ्यांकमा बहस गर्न प्रधानमन्त्री केपी ओलीलाई चुनौती दिएका छन् । प्रधानमन्त्री ओलीले गर्नुपर्ने काम नगरेर जथाभावी गर्दै हिँडेको थापाको आरोप छ । 

प्रतिनिधिसभाको बिहीबारको बैठकमा थापाले भने, ‘संसद्लाई छलेर, भागेर होइन, यहीँभित्र आएर छलफल गरौँ । शिलान्यास, उदघाटन गर्ने रहर हो भने बालुवाटारमा खाली जग्गा छ, त्यहीँ गर्नुहोला । 

थापाले उद्घाटन गर्दै हिँड्ने प्रधानमन्त्रीलाई सदनमा उपस्थित हुन समय नमिलेको भन्दै आपत्ति जनाए । उद्घाटनको ‘तमासा’ नदेखाउन उनले वर्षौँदेखि थला परेका आयोजनालाई पूरा गर्नतर्फ ध्यान दिन आग्रह गरे ।

दर्जनौँ विधेयक पास गर्नुपर्ने, रोकिएका काम अगाडि बढाउनुपर्नेमा प्रधानमन्त्री ओलीको ध्यान नगएको उनले बताए ।

सुझावित समाचार