लैङ्गिक अल्पसंख्यकका लागि अग्नि नियन्त्रण तालिम

शनिबार, २१ चैत, २०७७
डिजिटल संस्करण

युरोपियन युनियनको आर्थिक सहयोगमा युएनडिपीको सहरी विपत् पूर्वतयारी परियोजनाअन्तर्गत भरतपुर महानगरपालिकामा बसोवास गर्दै आइरहेका लैङ्गिक अल्पसंख्यक व्यक्तिहरूका लागि एकदिने अग्नि नियन्त्रण तालिम प्रदान गरिएको छ ।

पारलैङ्गिक दृश्यता दिवसको अवसर पारेर चैत १८ गते सो तालिम आयोजना गरिएको हो । तालिम स्थानीय साझेदार फर्वार्ड नेपालको सहयोगमा युएनडिपी नेपालले आयोजना गरेको थियो ।

भरतपुर महानगरका वारुण यन्त्र इन्चार्ज देवेन्द्रराज रेग्मीले आगलागीको प्रमुख कारणसम्बन्धी र आगलागीलाई सुरुकै अवस्थामा कसरी नियन्त्रण गर्ने भन्ने विषयमा सैद्धान्तिक तथा व्यावहारिक सीप सिकाएका थिए । यसका साथै आगलागीबाट घाइते भएकालाई प्राथमिक उपचार विधि प्रदान गरी पहिलो चरणमै आहात दिने पद्धति सिकाइयो । 

अस्पतालसम्म कसरी पुर्याउने भन्ने विषयमा पनि रेडक्रसका अधिकारीहरूबाट तालिमप्राप्त गराइएको थियो । यसैगरी, यौनिक तथा लैङ्गिक अल्पसंख्यक समुदायको आवश्यकतालाई ध्यानमा राख्दै महामारीका रूपमा रहेका, जस्तै कोभिड–१९ र डेंगुबाट बच्नका लागि अभिमुखीकरण तालिम पनि दिइएको थियो । 

सुझावित समाचार