सिजीको नयाँ वर्ष लक्षित उपहार योजना

बुधबार, ११ चैत, २०७७
डिजिटल संस्करण

इलेक्ट्रोनिक्स ब्रान्ड सिजीले नयाँ वर्ष २०७८ लाई लक्षित गर्दै ‘सिजी राम्रो, गर्वका साथ हाम्रो’ नामक उपहार योजना ल्याएको छ । कम्पनीले सिजी ब्रान्डका विभिन्न इलेक्ट्रोनिक्स सामानको खरिदमा १० वर्षसम्मको वारेन्टी, ५४ हजार २ सय रुपैयाँसम्मको बचत तथा अन्य विभिन्न पक्का उपहारसहितको योजना ल्याएको हो । 

योजनाअन्तर्गत ग्राहकले सिजी ब्रान्डको एलइडी टिभीको खरिदमा ३ वर्षको वारेन्टी र आकर्षक छुट पाउने जनाइएको छ । त्यस्तै, मल्टिडोर र साइड बाई साइड रेफ्रिजेरेटरहरूको खरिदमा १० वर्षको वारेन्टी र सिजी मिक्सर प्राप्त गर्न सक्ने कम्पनीले जनाएको छ । सिंगल डोर र डबल डोर रेफ्रिजेरेटरहरूको खरिदमा १० वर्षको वारेन्टी र आकर्षक छुट पाउने जनाइएको छ । 

सिजी ब्रान्डका फ्रन्ट लोड वासिङ मेसिनको खरिदमा १० वर्षसम्मको वारेन्टी तथा सिजी मिक्सर प्राप्त गर्ने कम्पनीले जनाएको छ । टप लोड तथा टुइनटबको खरिदमा १२ महिनाको वारेन्टी तथा सिजी आइरनका साथै आकर्षक छुट पाउने जनाइएको छ । त्यस्तै, सोकेस र चेस्ट फ्रिजरमा ६० महिनाको वारेन्टी र ट्र««ली तथा मल्टी मिडिया स्पिकरमा आकर्षक छुट र १२ महिनाको वारेन्टी प्राप्त गर्न सक्ने कम्पनीले जनाएको छ । डिसवासरको खरिदमा सिजी मिक्सर प्राप्त गर्न सक्ने जनाइएको छ । 

माइक्रो वोभनमा १२ महिनाको वारेन्टी, कुकिङ किट र आकर्षक छुट तथा एसीमा ६० महिनाको वारेन्टी, निःशुल्क जडान र आकर्षक छुट प्राप्त गर्न सक्ने कम्पनीले जनाएको छ । योजना लागू भइसकेको र सीमित अवधिका लागि रहेको कम्पनीले जनाएको छ ।

See More On

सुझावित समाचार