बुहारीलाई आगो लगाउने ससुरा सात वर्षपछि पक्राउ

बुधबार, ११ चैत, २०७७
डिजिटल संस्करण

भनेजति दाइजो नपाएको भन्दै बुहारीको हत्या गर्न मट्टितेल खन्याएर आगो लगाई फरार भएका एक अभियुक्त सात वर्षपछि पक्राउ परेका छन् । पक्राउ पर्नेमा नरैनापुर गाउँपालिका–२, लक्ष्मणपुरका ७५ वर्षीय हनिफ शेष ढपाली छन् । 

ज्यान मार्ने उद्योगका अभियुक्त हनिफ नरैनापुर गाउँपालिका–१ सुइयामा लुकिछिपी बसेको सूचना पाएपछि प्रहरी परिचालित भएको थियो । डुडुवा गाउँपालिका–६ माइती भएकी २३ वर्षीया बुहारी रिहाना शेष (ढपाली) हत्या अभियोगमा प्रहरीले उनलाई पक्राउ गरेको हो । हनिफसँगै उनकी पत्नी सजहाद खाँ र रिहानाका पति फरिदले हत्याको प्रयास गरेका थिए । सजहाद र फरिद अझै फरार रहेको बाँकेका प्रहरी प्रमुख एसपी ओमबहादुर रानाले बताए । 

हनिफलाई बुधबारै बाँके जिल्ला अदालतमा बुझाइएको इलाका प्रहरी कार्यालय भगवानपुरका इन्चार्ज प्रहरी निरीक्षक वसन्त गौतमले जानकारी दिए । उनीहरूले रिहानासँग विवाहका वेला दाइजोमा मोटरसाइकल तथा नगद माग गरेको र नदिएपछि सुतिरहेको ठाउँमा मट्टितेल छर्केर आगो लगाएको प्रहरीले जनाएको छ । 

See More On

सुझावित समाचार