मनाङमा कृषि ज्ञान केन्द्र र भेटेरेनरी अस्पताल स्थापना

आइतबार, ८ चैत, २०७७
डिजिटल संस्करण

मनाङ सदरमुकाम चामेमा कृषि ज्ञान केन्द्र र भेटेरेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रको कार्यालय स्थापना गरिएको छ । संघीयता लागू भएसँगै विघटित साबिकको जिल्ला पशु सेवा कार्यालय र कृषि विकास कार्यालयका भवनमा प्रदेश सरकारले कार्यालय सञ्चालनमा ल्याएको हो । 

दुवै कार्यालयको गण्डकी प्रदेशका भूमि व्यवस्था कृषि तथा सहकारीमन्त्री लेखबहादुर थापामगरले उद्घाटन गरे । किसानलाई जिल्लाभित्रै सेवा दिने उद्देश्यले कार्यालय स्थापना गरिएको मन्त्री थापामगरले बताए । 

कार्यालयबाट जिल्लाका चारवटै स्थानीय तहका जनताले सहज सेवा प्राप्त गर्ने र समन्वयका लागि सहज हुने भेटेरेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र मनाङका प्रमुख नारायण कुसुमले बताए । 

मनाङवासी कृषि र पशुसम्बन्धी सेवाका लागि लमजुङ आउनुपर्ने बाध्यता थियो । यसअघि गण्डकीका सात जिल्लामा भेटेरेनरी अस्पताल र ६ जिल्लामा कृषि ज्ञान केन्द्रको कार्यालय रहेकोमा चालू आवदेखि ११ वटै जिल्लामा दुवै कार्यालय स्थापना गरिएको प्रदेश सरकारले जनाएको छ ।
 

सुझावित समाचार