डडेल्धुरामा मोटरसाइकल दुर्घटना हुँदा एकको मृत्यु

शुक्रबार, ६ चैत, २०७७
डिजिटल संस्करण

डडेल्धुराको परशुराममा  मोटरसाइकल दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा परशुराम नगरपालिका– १२ बस्ने २० वर्षीय  सन्तोस विक रहेको प्रहरीले जनाएको छ । परशुराम नगरपालिका– १२ मा पर्ने शिद्धनाथ मन्दिरनजिकै से७प ८४२१ नम्बरको मोटरसाइकल दुर्घटना भएको प्रहरीले जनाएको छ ।

तीव्र गतिका कारण अनियन्त्रित भई सडक दुर्घटना भएको हुन सक्ने प्रहरीले अनुमान गरेको छ । मृतकको शव पोस्टमार्टमका लागि जोगबुडा अस्पतालमा पुर्याइएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराका डिएसपी महेन्द्र नेपालले बताए ।

सुझावित समाचार