नेपाल र भारतका बीचमा यातायात सञ्चालन गर्न मन्त्रिपरिषद्लाई सिसिएमसीकाे सिफारिस

बिहिबार, ५ चैत, २०७७
डिजिटल संस्करण

कोभिड– १९ संकट व्यवस्थापन केन्द्र (सिसिएमसी)ले नेपाल र भारतका बीचमा यातायात सञ्चालन गर्न मन्त्रिपरिषद्लाई सिफारिस गरेको छ । बिहीबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको कोभिड– १९ संकट व्यवस्थापन केन्द्र (सिसिएमसी) को बैठकले नेपाल र भारतबीचको यातायात सञ्चालन गर्नको निम्ति मन्त्रिपरिषद्लाई सिफारिस गर्ने निर्णय गरेको हो ।

नेपाल–भारत यातायातका १३ वटा रुटबाट पूर्ववत् रूपमा यातायात सञ्चालनको निम्ति मन्त्रिपरिषद्लाई सिफारिस गरिएको सिसिएमसीका सचिव खगराज बरालले बताए । यात्रुहरूले पूर्ण रूपमा स्वास्थ्य मापदण्ड प्रयोग गर्नुपर्ने तथा ७२ घन्टाअगाडिको पिसिआर रिपोर्ट नेगेटिभ आएको हुनुपर्ने उनको भनाइ छ ।

त्यसैगरी बैठकले नेपाल–भारत सिमानामा नेपालतर्फ भन्सार तिरेर सञ्चालन हुने भारतीय नम्बर प्लेटका यातायातका साधन पनि चलाउन दिने सिफारिस गरेको छ । गत चैत्त ११ गतेदेखि नेपालमा कोभिड– १९ संक्रमणका कारण लकडाउन गरिएपछि नेपाल–भारत यातायात हालसम्म ठप्प रहेको छ ।

यातायातका साधन ठप्प भए पनि सिमानाबाट हजारौँको संख्यामा दैनिक रूपमा आवतजावत भइरहेको सन्दर्भमा यातायातका साधन पनि चलाउन पहल गरिएको सिसिएमसीका सचिव खगराज बरालले बताए । 

सुझावित समाचार