सोलुखुम्बु सोताङका बस्नेत दाजुभाइ भिरबाट लडेर गम्भीर घाइते भएका छन् । जिल्लाको सोताङ गाउँपालिका– १ स्थित भिरखर्कस्थित भिरमा दाउरा काट्न गएका २४ वर्षीय मनोज बस्नेत र उनका भाइ २० वर्षीय गोविन्द बस्नेत लडेर गम्भीर घाइते भएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ ।
भिरमा अड्किएको मुढा गलले निकाल्ने क्रममा उनीहरू चिप्लिएको प्रहरीले जनाएको छ । मनोजको टाउको र खुट्टामा चोट लागेको छ भने गोविन्दको बायाँ हात भाँचिएको र छातीमा चोट लागेको छ । दुवैलाई प्राथमिक अस्पताल सोताङमा उपचारपछि थप उपचारका लागि मिसन अस्पताल ओखलढुंगा लगिएको प्रहरीले जनाएको छ ।