शेरबहादुर देउवा भन्छन्– लोकतान्त्रिक शक्ति एक हुने वेला आयो, कांग्रेस नेतृत्व लिन तयार छ

आइतबार, १ चैत, २०७७
डिजिटल संस्करण

कांग्रेस सभापति शेरबहादुर देउवाले लोकतान्त्रिक शक्ति एकजुट हुनुपर्ने वेला आएको बताएका छन् । कांग्रेस केन्द्रीय खेलकुद विभागद्वारा आयोजित स्व. खुमबहादु खड्का स्मृति कुस्ती प्रतियोगिताको उद्घाटन गर्न बारा आएका देउवाले लोकतान्त्रिक शक्तिको एकतामा जोड दिएका हुन् । 

कांग्रेस पदको लोभी नभएको जिकिर गर्दै उनले लोकतन्त्र र व्यवस्थामाथि संकट निम्तिने खतरा भए सरकारको नेतृत्व लिन पछि नपर्ने बताए । 

देशको पछिल्लो राजनीतिक घटनाक्रमलाई कांग्रेसले सुझबुझपूर्ण रूपमा हेरिरहेको उनको भनाइ छ । 
 

सुझावित समाचार