हिमालयन बैंकद्वारा मन्दिर पुनर्निर्माणका लागि सहयोग

बिहिबार, २७ फागुन, २०७७
डिजिटल संस्करण

हिमालयन बैंक लिमिटेडले पाटन दरबार क्षेत्रमा भएको पुरातात्विक महत्वको मन्दिर पुनर्निर्माणका लागि आर्थिक सहयोग गरेको छ । बैंकले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत काठमाडौं भ्याली प्रिजर्भेसन ट्रस्टलाई १ करोड रुपैयाँ प्रदान गरेको हो । 

बैंकका अध्यक्ष तुलसीप्रसाद गौतमले ट्रस्टका कन्ट्री प्रोग्राम डाइरेक्टर रोहितकुमार रञ्जितकारलाई सहयोग रकमको चेक हस्तान्तरण गरेको जनाइएको छ । उक्त अवसरमा बैंकका कार्यकारी अधिकृत अशोकशमशेर राणा, महाप्रबन्धकहरू सुशील जोशी, अनुप मास्के, सहायक महाप्रबन्धक विपिन हाडा तथा ट्रस्टका सञ्चालक प्रतिमा पाँडेको उपस्थिति रहेको जनाइएको छ । 

बैंकले स्थापनाकालदेखि नै स्वास्थ्य, शिक्षा, प्राकृतिक विपत्तिमा परेकाहरू, सांस्कृतिक सम्पदाको संरक्षण–पुनस्र्थापना वित्तीय साक्षरता, वातावरण संरक्षण, जनचेतनाजस्ता क्षेत्रमा सहयोग प्रदान गर्दै आइरहेको जनाएको छ ।

सुझावित समाचार