आइएमएस कलेजको व्यवस्थापनमा नयाँ टिम

बिहिबार, २७ फागुन, २०७७
डिजिटल संस्करण

थापाथलीस्थित इन्स्टिच्युट अफ म्यानेजमेन्ट स्टडिज (आइएमएस) कलेजको व्यवस्थापनमा नयाँ टिम आएको छ । सन् २००४ देखि सुरु भएको यस कलेको अध्यक्षमा नवीन चौहान चयन भएका छन् । १५ वर्षदेखि शैक्षिक क्षेत्रमा सक्रिय चौहान लिभरपुल कलेजका सञ्चालक एवं सहप्राचार्यसमेत हुन् ।

चौहान नेतृत्वको टिममा काठमाडौंका ख्यातिप्राप्त संघ संस्थामा आबद्ध शैक्षिक तथा प्राज्ञिक व्यक्तित्वहरू छन् । ‘विद्यार्थीलाई आत्मनिर्भर बनाई जब मार्केटमा लैजान पाँचवटा कम्पनीसँग सम्झौता (एमओयु) भएको छ,’ अध्यक्ष चौहानले भने, ‘अब कलेजलाई नयाँ सिराबाट अगाडि बढाउँछौँ ।’

आइएमएस कलेजले प्रोसर नेपाल र जेनिश क्लाउड एकेडेमीजस्ता अन्तर्राष्ट्रिय आइटी कम्पनी, ट्यालेन्ट्स कनेक्ट्स (एचआर कम्पनी) र सेक्युरिटिज कम्पनीहरूसँग सम्झौता गरेको छ । आइएमएसले अबको पठनपाठन विद्यार्थी तथा प्रविधि केन्द्रित बनाउँदै उनीहरूको व्यक्तित्व विकासलाई मध्यनजर गर्ने जनाएको छ । देशभित्रका बिजनेस अर्गनाइजेसनको आवश्यकताअनुसारको जनशक्ति आइएमएसले तयार गर्छ । 

विभिन्न विषयका ख्यातिप्राप्त प्रोफेसरहरूलाई नियमित तथा भिजिटिङ क्लासमा सरिक गराई नेपालको उच्चस्तरीय बिजनेस कलेजका रूपमा अगाडि बढाउने अध्यक्ष चौहानले प्रतिबद्धता जनाए । उनले भने, ‘उच्च शिक्षाका लागि विद्यार्थी विदेश पलायन हुने क्रम तीव्र छ । आइएमएसले यसलाई रोक्ने प्रयास गर्नेछ ।’ आइएमएसमा त्रिभुवन विश्वविद्यालयअन्तर्गतको बिबिए, बिआएएम र बिबिएस विषय अध्यापन हुँदै आएको छ । 

सुझावित समाचार