सिजी उन्नति कल्चरल भिलेजमा २८ फागुनदेखि ‘फाइनप्रिन्ट फिभर’ महोत्सव

बुधबार, २६ फागुन, २०७७
डिजिटल संस्करण

फाइन प्रिन्टको आयोजनमा २८ फागुनदेखि सिजी उन्नतिसँगको सहकार्यमा दुई दिने ‘फाइनप्रिन्ट फिभर’ महोत्सव आयोजना हुने भएको छ । सोही दिन चौधरी ग्रुप (सिजी)अन्तर्गतको सामाजिक उत्तरदायित्व बहन गर्ने निकाय चौधरी फाउन्डेसनको नवलपुर हर्कपुरस्थित ‘सिजी उन्नति कल्चरल भिलेज’ को उद्घाटन पनि हुन लागेको छ । 

महोत्सवमा कलाकार अनिल शाही र उनको ब्यान्डले सांस्कृतिक प्रस्तुति दिनेछ । कार्यक्रममा वरिष्ठ कलाकार गोपाल कलाप्रेमी श्रेष्ठसँग विविध विषयमा कुराकानी हुनेछ । डा. बाबुराम भट्टराईसँग जीवन क्षेत्रीले ‘गुमनाम आमाका कथा’बारे कुरा गर्नेछन् । अभिनेत्री मनीषा कोइरालासँग पत्रकार स्वरूप आचार्यले ‘जिजीविषा’बारे विशेष संवाद गर्नेछन् ।

कांग्रेसका युवा नेता गगन थापा र व्यवसायी/लेखक जीवा लामिछानेबीच ‘देश देशावर’को कुरा हुनेछ । ‘पुँजीवाद र स्वतन्त्र समाजका आधारहरू’मा लेखक/अध्येता हरि शर्मा र मुराहरि पराजुलीबीच छलफल हुनेछ । प्रतीक्षा कट्टेलले लेखक निरञ्जन कुँवरसँग उनको नयाँ पुस्तक ‘बिटविन क्विन्स एन्ड द सिटिज’को सेरोफेरोमा रहेर कुराकानी गर्नेछिन् । ‘क’ कवितासंग्रहका लेखक असीम सागरसँग उपन्यासकार अमर न्यौपानेको संवाद हुनेछ । पत्रकार रवि लामिछाने र विवेकशील साझा पार्टीका अध्यक्ष रवीन्द्र मिश्रबीच ‘राजनीतिमा राजकाज’माथि रोचक शास्त्रार्थ हुनेछ ।

कांग्रेस नेता प्रदीप गिरिले नागरिक आन्दोलन र देवेन्द्रराज पाण्डेमाथि विद्वत् प्रवचन दिनेछन् । आफ्नो पुस्तक पठनको सुरुवाती दिनबारे बोल्दै कलाकार राजेश हमालले पुराना दिन सम्झिनेछन् । उपन्यासकार सुविन भट्टराई र भर्खर ‘रहर’ कथासंग्रह लिएर उदाएका सुरेश बडालबीच रमाइलो संवाद हुनेछ । डा. बाबुराम भट्टराई र सिजी फाउन्डेसन÷सिजी कर्प ग्लोबका अध्यक्ष विनोद चौधरीबीच अर्थतन्त्र, विकास र समृद्धिबारे रोचक कुराकानी हुनेछ ।

भिलेजमा के–के छन् ?
चितवनको नारायणगढ बजारबाट करिब १२ किलोमिटर दूरीमा रहेको यस भिलेजमा आर्टस् एन्ड क्राफ्ट, कल्चर, गेस्ट स्पेस र एक्पिरियन्सलगायतका कम्पोनेन्टहरू रहेका छन् । आर्टस् एन्ड क्राफ्टअन्तर्गत सम्पदा (आर्ट ग्यालरी), रंगमञ्च (एमपी थिएटर) बाटिका (गार्डेन अफ आर्टस्), निःसर्ग सयर (नेचर वकवेज), क्राफ्ट म्युजियम, नेपाल क्राफ्ट, दि एटिलियर (क्रिएटिभ स्टुडियो) रहेका छन् । 

कल्चरअन्तर्गत थारू गाउँ, बाहरी (लाइभ किचन), बडाघर (डाइनिङ) डबली, गदला मोद (बार) रहेका छन् । गेस्ट स्पेसअन्तर्गत कला घर (आर्ट होटेल) बोधी कुञ्ज (आर्ट रेसिडेन्सी) देहारी (थारू घर), आतिथ्य (मल्टिपर्पोज ब्लक) रहेका छन् । एक्पिरियन्सअन्तर्गत आर्ट एन्ड क्राफ्ट, थारू कल्चर, परम्परागत खाना, हस्पिटालिटी, अर्गानिक फार्मिङ रहेका छन् ।  

सुझावित समाचार