राप्रपा महाधिवेशनका लागि मूल आयोजक समिति गठन

मंगलबार, २५ फागुन, २०७७
डिजिटल संस्करण

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले ०७८ वैशाख तेस्रो साता काठमाडौंमा हुने केन्द्रीय महाधिवेशनका लागि पार्टीका अध्यक्षत्रय कमल थापा, पशुपतिशमशेर राणा र डा. प्रकाशचन्द्र लोहनीको अध्यक्षतामा मूल आयोजक समिति गठन गरेको छ । राप्रपाले मंगलबार यस्तो निर्णय गरेको नेता मोहन श्रेष्ठले जानकारी दिए । 

मूल आयोजक समितिमा सचिवालयका दुई प्रमुखहरू सदस्यसचिव, दुई कोषाध्यक्ष र कार्यसम्पादन समितिका सबै सदस्यहरू सदस्य छन् । राप्रपाले २५–२८ वैशाख २०७८ मा महाधिवेशन गर्ने निर्णय गरिसकेको छ ।

सुझावित समाचार