ढुंगाले किचिएर मिडिल तमोरका दुई मजदुरको मृत्यु

आइतबार, २३ फागुन, २०७७
डिजिटल संस्करण

ताप्लेजुङमा निर्माणाधीन ७३ मेगावाटको मिडिल तमोर जलविद्युत् आयोजनाको सुरुङ खन्ने क्रममा शनिबार दिउँसो ढुंगाले किचिएर दुई मजदुरको मृत्यु भएको छ । उदयपुरका २२ वर्षीय अमर विश्वकर्मा र भोजपुरका २८ वर्षीय सन्तोष बानियाँको मृत्यु भएको हो ।

आयोजनाका जनसम्पर्क अधिकृत करण गौतमका अनुसार मिक्वाखोला गाउँपालिका– २ को थुम्वाबाट फक्ताङलुङ गाउँपालिका– १ सावादिनतर्फ सुरुङ खन्दै गर्दा खसेको ढुंगाले अमर र सन्तोषलाई किचेको हो । उनीहरूको घटनास्थलमै मृत्यु भएको थियो । सँगै काम गरिरहेका अरू कामदार भने सकुशल रहेको आयोजनाका भूगर्भविद् सूर्य लिम्बूले बताए । 

सम्पर्क अधिकृत गौतमका अनुसार अयोजनाको तीन हजार तीन सय ६७ मिटर लामो सुरुङ निर्माण गर्नुपर्छ । जसमध्ये एक हजार तीन सय ९७ मिटर सुरुङ निर्माण भइसकेको छ । मिक्वाखोलामा आउटलेट र फक्ताङलुङमा हेडबक्स छ । ०७४ मा निर्माण सुरु भएको आयोजना ०७८ मा सक्ने लक्ष्य छ । आयोजना सानिमा मिडिल तमोर हाइड्रोपावर लिमिटेड कम्पनीले निर्माण गर्न लागेको हो । 

See More On

सुझावित समाचार