करोडौँ रकम लिएर फरार व्यापारी दाजुभाइविरुद्ध प्रहरीमा १६ जनाद्वारा उजुरी

शुक्रबार, २१ फागुन, २०७७
डिजिटल संस्करण

राजविराजमा कपडा पसलसँगै आइएमई सञ्चालन गरी बसेका दुई दाजुभाइले दर्जनौँ व्यक्तिको करोडौँ रकम लिएर फरार भएपछि बिहीबार १६ जनाले प्रहरीमा उजुरी दिएका छन् ।

राजविराजको गजेन्द्र चोकमा आइएमई सञ्चालक दाजुभाइ सञ्जय सिन्धी र सुनील सिन्धी पसल र अफिस दुवै बन्द गरेर चार दिनदेखि फरार भएपछि जिल्ला प्रहरी कार्यालय राजविराजमा १६ जना पीडितले उजुरी दिएका छन् । 

उजुरी आउने क्रम अझै जारी रहेको भन्दै जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं डिएसपी भुवनेश्वर साहले १६ जनाले सिन्धी दाजुभाइविरुद्ध झन्डै ७६ लाख रुपैयाँ लिएर भागेको भन्दै ठाडो उजुरी दिएको बताए । 

उक्त उजुरीउपर छानबिन तथा फरार रहेका सिन्धी दाजुभाइको खोजीकार्य जारी रहेको बताउँदै उनले सबै पीडितको संख्या यकिन गरिसकेपछि अनुसन्धानलाई अझ फराकिलो र तीव्र बनाउँदै लगिने बताए । 

See More On

सुझावित समाचार