आइसबर्ग बियर पुनः बजारमा

मंगलबार, १८ फागुन, २०७७
डिजिटल संस्करण

हिमालयन ब्रुअरीले नेपालको पुरानो मानिएको आइसबर्ग बियरको पुनः उत्पादन थालेको छ । हिमालयन ब्रुअरीको अधिकांश स्वामित्व सिजी होल्डिङ्सले लिएसँगै आइसबर्ग बियर नयाँ स्वाद र लेबलका साथ बजारमा ल्याइएको हो ।

 तीन दशकअघि नेपाली बजारमा निकै लोकप्रिय रहेको आइसबर्ग अब उपभोक्ताहरूले नयाँ स्वादका साथ सेवन गर्न सक्ने कम्पनीले दाबी गरेको छ । गोदावरीको मुहानको पानीलाई प्रशोधन गरी उत्पादन गरिने यो बियर स्प्रिङ वाटर प्रयोग भई उत्पादन भएको नेपालको एक मात्रै बियर भएको दाबी गरिएको छ ।

हिमालयन ब्रुअरीको सहायक कम्पनी त्रिशक्ति डिस्टिलरीका विभिन्न मदिरा पनि नयाँ लेबलका साथ बजारमा ल्याइएको कम्पनीले जनाएको छ ।  ७ प्रतिशत अल्कोहल रहेको आइसबर्ग स्ट्रङ बियर भए पनि प्रिमियम फिचरमा बजारमा ल्याइएको जनाइएको छ । हिमालयन ब्रुअरीले स्ट्रङ सेगमेन्टमा कमान्डो पनि बजारमा उपलब्ध रहेको जनाएको छ । 

सुझावित समाचार