निजी बैंकको बढ्दो जिम्मेवारी

धेरैजसो सार्वजनिक बैंकहरू लाभ नलिई काम गर्ने गर्छन्, विशेषगरी गाउँहरूमा यो लागू हुने गर्छ

मंगलबार, १८ फागुन, २०७७
डिजिटल संस्करण

सरकारी योजनामा निजी बैंकको भूमिका पहिले पनि थियो, तर कोरोनाको समयमा यसमा केही व्यवधान आयो । आधारभूत रूपमा हेर्ने हो भने यो सबै काम सरकारले बैंकिङ सेवामा पहुँच बढाउन गरिरहेको छ । कुनै पनि बैंकिङ सेवा संस्थानको लक्ष्य आफ्नो सेवाग्राहीसम्म पुग्ने हुन्छ । 

यो निकै महत्वपूर्ण कुरा हो कि बैंकिङ सेवा धेरैभन्दा धेरै मानिससँग तार्किक लागतका साथ पुगोस् । जब कुनै अर्थव्यवस्थामा धेरैभन्दा धेरै बैंकहरू सक्रिय हुन्छन्, अनि मात्र बैंकिङ सेवाको विस्तार हुन्छ । बैंकहरूलाई सेवाग्राहीका रूपमा रहेका आमनागरिकसम्म मात्र होइन कि, अर्थव्यवस्थाको आवश्यक क्षेत्रसम्म पनि पु र्याउनु पर्नेछ । यस सन्दर्भमा हेर्ने हो भने निजी क्षेत्रका बैंकको सरकारी योजनामा सक्रिय हुनुले बैंकका बीचको प्रतिस्पर्धा बढ्नेछ र त्यसको सेवा प्रदान गर्ने तरिका पनि फेरिनेछ । भलै यसमा केही आशंका पनि छन् ।

धेरैजसो सार्वजनिक बैंक लाभ नलिई काम गर्छन् । विशेषगरी गाउँहरूमा उनीहरूले लागतभन्दा पनि न्यून रूपमा आफ्नो सेवा दिइरहेका हुन्छन् । यी बैंकहरूको सामाजिक दायित्व पनि हुन्छ र यी बैंकहरूले शून्य बचत राखेर पनि सेवा दिइरहेका हुन्छन् । प्रधानमन्त्री जनधन योजनाको वेबसाइटमा गएर हेर्नुस्, आज पनि तीन प्रतिशतजति जनधन खाता निजी बैंकहरूमा खोलिएका छन् । मुख्यगरी निजी क्षेत्रका बैंकको काम भनेकै मुनाफा कमाउनु हो । 

उनीहरूलाई धेरैभन्दा धेरै बचत वा नगद कारोबार हुने अवस्थाको चाहना हुन्छ । अर्कोतर्फ धेरैजसो सरकारी योजनामा बैंकका लागि लाभको अवस्था हुँदैन । र, यस्तोमा सरकारले के आशा गरिरहेको हुन्छ भने बैंकहरूले आफ्नो सामाजिक दायित्व पूरा गरून् । सरकारको यो नीति नयाँ भने होइन ।

सरकारले त्यति वेला दीर्घकालीन सोचका साथ नै जनधन बचत योजनालाई सार्वजनिक र निजी दुवै प्रकारका बैंकमा खाता खोल्न मिल्ने बनाएको थियो । भलै निजी बैंकहरू आफ्नो फाइदामा धेरै ध्यान दिइरहेका हुन्छन् । त्यसैले उनीहरूले तीन प्रतिशत मात्र खाता खोल्न सके ।
 

अगस्ट २०१४ मा प्रधानमन्त्री जनधन योजना सुरु गर्नुभन्दा पहिले सरकारले निजी बैंकलाई पनि यसमा समावेश गरेको थियो । निजी बैंकका अधिकारीहरूसँगको प्रधानमन्त्रीको बैठक पनि विज्ञान भवनमा भएको थियो । सरकारले त्यति वेला दीर्घकालीन सोचका साथ नै जनधन बचत योजनालाई सार्वजनिक र निजी दुवै प्रकारका बैंकमा गर्न मिल्ने बनाएको थियो ।

भलै निजी बैंकहरू आफ्नो फाइदामा धेरै ध्यान दिइरहेका हुन्छन् । त्यसैले उनीहरूले तीन प्रतिशतभन्दा पनि कम खाता खोल्न सके । निजी बैंकको पहुँच भलै धेरै नहोस्, तर जहाँ लाभको कुरा आउँछ, उनीहरू दुई पाइला अघि नै हुन्छन् । त्यसो त हरेक प्रकारका प्रशासनिक काममा खर्च पनि सामेल हुने गर्छ, जुन दुई प्रतिशतको वरपर हुने गर्छ । त्यसैको आधारमा निजी बैंकलाई सरकारी बैंकका साथ प्रतिस्पर्धा गर्नुपर्ने हुन्छ ।

सरकारले पहिले निजी बैंकका साथ पेमेन्ट बैंकलाई पनि अनुमति दिएको थियो । तर, अब यी साना–साना बैंकलाई पनि समावेश गरिएको छ कि छैन हेर्नुपर्ने हुन्छ । यदि निजी बैंकका साथसाथै पेमेन्ट बैंकलाई पनि सरकारी योजनामा प्रयोग गर्ने हो भने कुनै समस्या हुनेछैन । भलै सहरी क्षेत्रमा निजी बैंकको पहुँच धेरै छ ।

अधिकांश सुदूर गाउँमा सरकारी बैंकले नै कामको जिम्मेवारी लिनुपर्ने हुन्छ । यो कुरा पनि सोचनीय छ कि आगामी दिनमा धेरै पैसा जनधन खाताका माध्यमबाट आममानिससम्म पुग्नेछ । निजी बैंकले धेरै खाता खोलेनन् भने उनीहरूको सहभागिता झनै बढ्ने निश्चित छ । सरकारी वा निजी, जसले धेरैभन्दा धेरै जनधन खाता खोलेका छन्, उनीहरूलाई नै धेरै फाइदा हुनेछ ।

(भानुमूर्ति भीमराव अम्बेडकर स्कुल अफ इकनोमिक्सका कुलपति हुन्) हिन्दुस्तानबाट

सुझावित समाचार