हुलास स्टिल इन्डस्ट्रिज लिमिटेडले नयाँ प्रकृतिको छाना छाउने कर्कटपाता गल्भाअलुम उत्पादनको सुरुवात गरेको छ । नेपालमै पहिलोपटक व्यावसायिक घराना दिवाकर गोल्छा कर्पअन्तर्गतको यस कम्पनीले गल्भाअलुम ड्युराकलरको ब्रान्डमा बिक्री–वितरण गर्ने जनाएको हो ।
गल्भाअलुम कर्कटपाता उत्पादन गर्दा कोल्डरोल्ड सिटमा ५५ प्रतिशत आल्मुनियम, ४३.५ प्रतिशत जिंक र १.५ प्रतिशत सिलिकन कोटिङ गरी उत्पादन गरिने भएकाले साधारण ग्याल्भनाइज्ड कर्कटपाताको तुलनामा जंक प्रतिरोधी क्षमता ३ गुणा बढी हुने र त्यसैका कारण टिकाउपन पनि ३ गुणा बढी रहने कम्पनीको दाबी छ ।
गल्भाअलुम रंगीन कर्कटपाता हुलास ड्युराकलर ब्रान्डमा उपलब्ध हुने कम्पनीले जनाएको छ । नेपालमा पहिलोपटक अस्ट्रेलियन प्रविधिको कोटिङ प्रयोगमा ल्याइएको हुनाले कर्कटपाताको टिकाउपन ३ गुणा बढी रहने कम्पले दाबी गरेको हो ।