उपत्यका सडक विस्तार पीडित संघर्ष समितिका आठ अभियन्ता पक्राउ, प्रहरीद्वारा फोटो पत्रकारको क्यामेरा पनि जफत

बुधबार, १२ फागुन, २०७७
डिजिटल संस्करण

उपत्यका सडक विस्तार पीडित संघर्ष समितिका अध्यक्ष सुमन सायमीसहित बालाजु प्रहरीले आठजना अभियन्तालाई प्रकाउ गरेको छ । विरोचन श्रेष्ठ, महेश मानन्धर, मीन शाहीलगायतलाई महानगरीय प्रहरी वृत्त बालाजुले  पक्राउ गरी हिरासतमा राखेको छ । 

बिहान साढे ९ बजे काठमाडौं महानगरपालिकाले बनाउन लागेको सूचना केन्द्रमा लगाइएको बार अभियन्ताहरूले भत्काएका थिए । अभियन्ताहरूले लामो समयदेखि उक्त जग्गाबारे सर्वोच्च अदालतले स्टे अर्डर जारी गरेकाले महानगरपालिकाले तत्काल सूचना केन्द्र निर्माण गर्न नहुने बताउँदै आएका छन् । सर्वोच्चले पनि ०७३ सालमै उक्त जग्गामा कुनै पनि कार्य नगर्नु भन्ने आदेश जारी गरेको थियो । 

अभियन्ता पक्राउ परेपछि वृत्त  पुगेका खोज सञ्चारका फोटो पत्रकार प्रज्ञा थैबको क्यामेरा पनि प्रहरीले खोसेर राखेको छ । थैबले नयाँ पत्रिकालाई भनिन्, ‘गेटभन्दा बाहिरबाट फोटो खिच्दा प्रहरीले क्यामेरा खोसेको हो । अभियन्ता र प्रहरीबीच रस्साकस्सी चलिरहेको वेला फोटो खिचिरहेकी थिएँ । त्यसवेला प्रहरीले मेरो क्यामेरा खोसिदियो ।’

वृत्तका प्रहरी अधिकृतका अनुसार निर्माणाधीन सूचना केन्द्रमा घेरिएको बाँस र टिन अभियन्ताहरूले तोडफोड गरेपछि र मुठभेडको अवस्था आएपछि पक्राउ गरिएको हो ।

सुझावित समाचार