अज्ञात समूहद्वारा आमाछोरीमाथि धारिलो हतियार प्रहार

सोमबार, १० फागुन, २०७७
डिजिटल संस्करण

सिन्धुलीको कमलामाई नगरपालिका– १० दोभानमा आमाछोरीमाथि धारिलो हतियार प्रहार भएको छ ।  दोभानकी ५५ वर्षीया हरिमाया घिमिरे र उनकी २६ वर्षीया छोरी दुर्गामायामाथि गएराति १२ बजे  सुतिरहेको अवस्थामा  धारिलो हतियार प्रहार भएको हो ।  

हतियार प्रहारबाट आमाछोरी घाइते भएका छन् । उनीहरूकाे टाउकोमा गम्भीर चोट लागेको स्थानीयले बताए । घाइते दुवैलाई उपचारका लागि धनुषाको जनकपुर अस्पताल लगिएको छ । घटनामा संलग्न भएको भन्दै  धनुषा  बट्टेश्वरका  प्रमोदकुमार सिंह महतोलाई प्रहरीले पक्राउ गरेको छ ।  

सुझावित समाचार