तस्करीको काठ नियन्त्रणमा लिन चार राउन्ड गोली फायर

आइतबार, ९ फागुन, २०७७
डिजिटल संस्करण

डिभिजन वन कार्यलयले चिरान काठसहित एउटा पिकअप भ्यानलाई नियन्त्रणमा लिएको छ ।  गएराति १२ बजेको समयमा रौतहटको बागमती सबडिभिजन कार्यालयअन्तर्गतको वन क्षेत्रबाट तस्करी हुँदै गरेको अवस्थामा बा.१६च २२३३ नम्बरको भ्यान नियन्त्रणमा लिइएको हो । 

सहायक वन अधिकृत अमरदेव यादवको कमान्डमा गएको वन गस्ती टोलीले ४६ थान चिरान काठ बरामद गरेको डिभिजन वन कार्यलय रौतहटका प्रमुख विनोद सिंहले जानकारी दिए । बरामद भएको काठ  ५३.८ क्युफिट रहेको सिंहले जानकारी दिए । 

गाडी नियन्त्रणमा लिनका लागि सशस्त्र वन रक्षकले ४ राउन्ड गोलीसमेत चलाउनुपरेको कार्यालय प्रमुख सिंहले जानकारी दिए । काठ तस्करले गाडी नरोकी भगाउन थालेपछि गोली चलाएर गाडी नियन्त्रणमा लिइएको उनको भनाइ छ । तस्कर समूह भने गाडी छाडेर भागेकाे थियाे ।  

सुझावित समाचार