संसद् विघटनबारे न्यायलयको फैसला स्वीकार गर्छौंः पुन

शनिबार, ८ फागुन, २०७७
डिजिटल संस्करण

नेकपा स्थायी समिति सदस्य वर्षमान पुन अनन्तले संसद विघटनबारे सर्वोच्च अदालतले गर्ने फैसला आफूहरुले स्वीकार गर्ने बताएका छन् ।

नेकपाले संसद् पुनस्र्थापनाको पक्षमा आन्दोलन जारी राखेकै बेला शनिबार खाँदबारीमा जनसभालाई सम्बोधन गर्दै उनले प्रधानमन्त्री केपी ओलीले असंवैधानिक रुपमा प्रतिनिधिसभा विघटन गरेको बताए । 

‘न्यायालयले संविधानको अक्षर, भावना र मर्म तथा संविधानसभाको विधायकी मनसायअनुसार फैसला गनर्छ भन्ने हाम्रो विश्वास छ’, पुनले भन्नुभयो, ‘न्यायालयले गर्ने फैसला हामी स्वीकार गर्छौं ।’
 

सुझावित समाचार