चन्द्रपुरमा राष्ट्रिय पुरुष कराते प्रतियोगिता हुँदै

शनिबार, १ फागुन, २०७७
डिजिटल संस्करण

जिल्लाको चन्द्रनिगाहपुरमा राष्ट्रिय कराते प्रतियोगिताको आयोजना हुने भएको छ । प्रतियोगिता फागुन ७ र ८ गते चन्द्रपुर नगरपालिकाको चन्द्रनिगाहपुरमा हुनेछ । चन्द्रपुर नगरपालिका मुख्य प्रायोजनक रहेको प्रतियोगितामा पुरुष कराते खेलाडीको मात्र सहभागिता रहने आयोजक नेपाल सितोरियो कराते संघ रौतहटले जनाएको छ ।

प्रतियोगितामा हरेक जिल्ला र  प्रदेशबाट छनाेट भएर आएका पुरुष कराते खेलाडीको सहभागिता रहने नेपाल सितोरियो कराते संघ रौतहटका काषाध्यक्ष भीम पहरीले जानकारी दिए । 

प्रतियोगितामा प्रथम हुने खेलाडीले नगद तीन हजार दोस्रो हुनेले नगद दुई हजार र तेस्रो हुने खेलाडीले नगद एक /एक हजार प्राप्त गर्नेछन् । सातै प्रदेशका सात टिम र आयोजक टिमका खेलाडीले प्रतियोगितामा खेल्नेछन् । प्रतियोगिताको तयारी लगभग पूरा भएको आयोजक नेपाल सितोरियो कराते संघ चन्द्रपुर रौतहटले जनाएको छ ।

हरेक तौल समूहमा प्रथम ,द्वितीय र तृतीय हुने खेलाडीले नगद पुरस्कार मेडल तथा प्रमाणपत्र पाउनेछन् । चन्द्रपुर नगरपालिकाको सहकार्यमा यसअघि  गत मंसिरमा  महिला राष्ट्रिय कराते प्रतियोगिता सम्पन्न भइसकेको छ ।

सुझावित समाचार