‘गुमनाम आमाहरूको कथा’का साथ प्रचण्ड- बाबुराम एकै ठाउँमा

शनिबार, १ फागुन, २०७७
डिजिटल संस्करण

जनयुद्धका दुई सारथी पुष्पकमल दाहाल ‘प्रचण्ड’ र डा. बाबुराम भट्टराईको राजीनीतिक पार्टी अहिले फरक छ । विचार र सिद्धान्त पनि फरक छ । उनीहरू मौका मिलेसम्म एक–अर्कालाई आरोप–प्रत्यारोप गरिरहन्छन् ।

दुई सारथीको फरक–फरक पार्टी भएपछि व्यक्तिगत र राजनीतिक भेटघाट पातलिएको थियो । तर, आज फागुन १ अर्थात् जनयुद्ध दिवस ।

डा. बाबुराम भट्टराईले आजको दिनमा प्रचण्डलाई साक्षी राखेर कार्यक्रमको आयोजना गर्ने भएका छन् । भट्टराईको संस्मरणात्मक पुस्तक ‘गुमनाम आमाहरूको कथा’ आजबाट सार्वजनिक हुँदै छ ।

पुस्तक सार्वजनिक कार्यक्रमको प्रमुख वक्ता उही आफ्नो पुरानो सारथी प्रचण्डलाई रोजेका छन् बाबुराम भट्टराईले । साथमा रामचन्द्र पौडेल,अशोक राई,डा. मीना पौडेल डा. अरुण गुप्तो वक्ताका रूपमा रहेका छन् । उनको कृतिलाई फाइन प्रिन्टले बजारमा ल्याएको हो । 
 

सुझावित समाचार