फोटो पत्रकार कविन अधिकारी घाइते

बिहिबार, २९ माघ, २०७७
डिजिटल संस्करण

आन्दोलनरत नेकपाकी नेतृ रामकुमारी झाँक्रीलाई पक्राउ गरेको विरोधमा काठमाडौंको नयाँ बानेश्वरमा बिहीबार साँझ नेकपानिकट युवा विद्यार्थीले गरेको प्रदर्शनका क्रममा भएको धरपकडमा परी फोटो पत्रकार क्लबका सदस्य तथा कान्तिपुर दैनिकका फोटो पत्रकार कविन अधिकारी घाइते भएका छन् । धरपकडमा परी घाइते भएका अधिकारीको खुट्टा फ्याक्चर भएको छ । अधिकारीको निजामती अस्पताल मीनभवनमा उपचार भइरहेको छ ।  

क्लबका प्रवक्ता दिपेश श्रेष्ठले विज्ञप्ति जारी गरेर आन्दोलनरत पक्ष र सरकारलाई संयमता अपनाउन तथा सञ्चार क्षेत्रलाई स्वतन्त्र भएर सूचना सम्प्रेषणको सहज वातावरण बनाउन आग्रह गरेका छन् । 

सुझावित समाचार