लमजुङमा जलविद्युत् आयोजनाको जिप दुर्घटना हुँदा तीनजनाको घटनास्थलमै मृत्यु

बिहिबार, २९ माघ, २०७७
डिजिटल संस्करण

लमजुङको दोर्दी खोलामा निर्माणाधीन ५४ मेगावाटको सुपरदोर्दी ‘ख’ जलविद्युत् आयोजनाको बोलेरो जिप दुर्घटना हुँदा तीनजनाको मृत्यु भएको छ । दोर्दी गाउँपालिका– ६ सिमीगाउँनजिकै लोदोखोलामा प्रदेश नम्बर ३–०१–२२ च १३८३ नम्बरको बोलेरो जिप दुर्घटना हुँदा तीनजनाको घटनास्थलमै मृत्यु भएको हो । 

दुर्घटना परी स्याङ्जा जिल्ला मिर्मी गाउँपालिका स्थायी घर भई जलविद्युत् आयोजनामा कार्यरत इन्जिनियर वर्ष ३४ का यदुनाथ भट्टराई, उदयपुर जिल्ला लिमजुडबुड गाउँपालिका– १ घर भएका जलविद्युत् आयोजनामा कार्यरत वर्ष २६ का जिपचालक किशोर राई र तनहुँ जिल्ला भानु नगरपालिका– १० घर भएका जलविद्युत् आयोजनामा कार्यरत कर्मचारी वर्ष ४५ का प्रकाश लौडरीको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । 

दुर्घटनामा परी सुनसरी जिल्ला स्थायी घर भई जलविद्युत् आयोजनामा कार्यरत इन्जिनियर वर्ष ४० का सुनिलकुमार शाह, दोर्दी गाउँपालिका– ६ ताजे घर भएकी वर्ष १५ की अनु घले र दोर्दी गाउँपालिका– ६ कै वर्ष १५ की सुनिता विक घाइते भएको लमजुङका प्रहरी प्रमुख डिएसपी गंगाबहादुर थापाले बताए । 

बिहीबार साँझ करिब साढे पाँच बजे जिप सडकबाट करिब एक सय २० मिटर तल लोदोखोलामा खसेको थियो । घाइतेहरूको जिल्ला अस्पताल लमजुङमा उपचार भइरहेको लमजुङका प्रहरी प्रमुख डिएसपी थापाले बताए ।

सुझावित समाचार