घरबाटै प्रहरीले पक्राउ गर्‍यो रामकुमारी झाँक्रीलाई

बिहिबार, २९ माघ, २०७७
डिजिटल संस्करण

नेकपा प्रचण्ड–नेपाल समूहकी नेतृ रामकुमारी झाँक्रीलाई प्रहरीले पक्राउ गरेको छ । झाँक्रीले राष्ट्रपति विद्यादेवी भण्डारीमाथि दिएको अभिव्यक्ति राज्यविरोधी भएको भन्दै प्रहरीले केहीबेर अघि झाँक्रीको निवास पुगेर  प्रक्राउ पुर्जी थमाएको थियो ।

त्यसलगत्तै उनलाई महानगरीय अपराध महाशाखाको टोलीले पक्राउ गरेको छ । झाँक्रीको घरमा प्रहरी पुगेको थाहा पाएलगत्तै उनका समर्थकहरूले सरकारविरुद्ध नाराबाजी गरिरहेका छन् । 

सुझावित समाचार