झाँक्रीको आलोचना राज्यविरोधी कसुर भन्दै प्रहरीले थमायो पत्र

बिहिबार, २९ माघ, २०७७
डिजिटल संस्करण

नेकपा नेतृ रामकुमारी झाँक्रीले राष्ट्रपति विद्यादेवी भण्डारीको आलोचना गरेको विषय राज्यविरोधी भएको भन्दै प्रहरीले घरमा पुगेर पत्र बुझाएको छ ।

 महानगरीय अपराध महाशाखाले बिहीबार सोधपुछका लागि बोलाए पनि झाँक्री नगएपछि सादा पोसाकमा खटिएका प्रहरी झाँक्री निवास पुगेका थिए । प्रहरीले झाँक्रीमाथि दमन गरेको भन्दै झाँक्रीका समर्थकहरूले उनको निवासअघि नाराबाजी गरेका थिए ।

पछि पोसाकमै खटिएका प्रहरीले उनको आलोचना राज्य विरोधको ५८ नम्बर दफाको कसुर भएको भन्दै घरभित्र छिरेर पत्र थमाएको छ । 

सुझावित समाचार