भागरथीलाई न्याय माग्दै बालाजुमा ग्रामीण र एनआर क्याम्पसका नेविसंघका विद्यार्थी प्रदर्शनमा उत्रिए

बिहिबार, २९ माघ, २०७७
डिजिटल संस्करण

 बैतडीकी किशोरी भागरथी भट्टको बलात्कारपछि हत्या भएको घटनाको विरोधमा ग्रामीण आदर्श बहुमुखी क्याम्पस र एनआर बहुमुखी क्याम्पसका नेपाल विद्यार्थी संघका नेता तथा कार्यकर्ताले र विद्यार्थीले विरोध प्रदर्शन गरेका छन्। 

सरकारले बलात्कारीलाई सजाय दिन आनाकानी गरेको भन्दै विद्यार्थीहले चर्को नारा लगाएका थिए।नेपालटार  क्याम्पस गेटबाट नाराबाजी गर्दै नेविसंघका नेता कार्यकर्ता, विद्यार्थी बाइपास हुँदै माछापोखरी चोक पुगेर कोणसभा गरेका थिए।

कोणसभामा सम्बोधन गर्ने नेताहरूले बलात्कारीलाई कानुनी कारबाही गर्न, भागरथीलाई, निर्मलालाई न्याय, सम्झना कामीलगायत न्यायको माग गरेका थिए । भन्दै करिब एक घन्टा चक्काजामसमेत गराए।

बलात्कारीलाई सरकारले तत्काल पहिचान गरेर निर्मला, सम्झना र भागरथीका हत्याराहरूलाई कारबाहीको दायरामा नल्याउन्जेल आफूहरूले आन्दोलन जारी राख्ने नेविसंघ नेता सुशील भट्टले  बताए।

सुझावित समाचार