सातौँ संस्करणको नेपाल गोल्डेन आइडलको उपाधि ललितपुरका सुमन लामा घिसिङ र दाङकी जेबिका रेउले जितेका छन् । पोखरामा सम्पन्न अन्तिम प्रतिस्पर्धामा सुमनले गायनतर्फ र जेबिकाले नृत्यतर्फको उपाधि हात पारेका हुन् ।
गायनतर्फ संखुवासभाका मदन लिम्बू फर्स्ट रनर अप र खोटाङका किस्मत चाम्लिङ राई सेकेन्ड रनर अप भएका थिए । नृत्यतर्फ कैलालीकी नेहारिका बोहोरा फर्ट रनर अप, बाँकेकी मनीषा परियार सेकेन्ड रनर अप र काठमाडाैंकी आकृति पोखरेल थर्ड रनर अप भएका थिए ।
अन्तिम प्रतिस्पर्धामा गायनतर्फ चार र नृत्यतर्फका पाँचजना छनोट भएको आयोजक गोल्डेन स्टार मल्टी मिडियाका निर्देशक एवं कार्यक्रम निर्माता सरन गुरुङले जानकारी दिए । प्रतियोगिताको निर्णायकमा गायक तथा संगीतकार रामभक्त जोजिजू, विनोद बानियाँ, गुरुङ फिल्मकी निर्देशक जसु गुरुङ, कोरियोग्राफर निरुता गुरुङ र छैटौँ संस्करणको विजेता सेपबका कोइराला रहेका थिए ।