चितवनमा चारवटा गैँडा मार्ने गिरोहका १४ जना पक्राउ

बुधबार, २८ माघ, २०७७
डिजिटल संस्करण

 चितवन राष्ट्रिय निकुञ्जमा गैँडाको चोरी सिकारीमा संलग्न गिरोह पक्राउ परेको छ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) र निकुञ्जले संयुक्त रूपमा अनुसन्धान गरी गिरोहका मुख्य व्यक्तिसहित १४ जनालाई पक्राउ गरेको छ । 

ब्युरो र निकुञ्जले बुधबार पत्रकार सम्मेलन गरी पक्राउ पर्नेहरूको विवरण सार्वजनिक गर्दै छ । ब्युरो स्रोतका अनुसार सो समूहले पछिल्लो एक वर्षमा चितवनमा चारवटा गैँडा मारेको थियो । खागका लागि गैँडाको चोरी सिकारी हुने गरेको छ ।

लामो अनुसन्धानपछि चोरी सिकारीमा संलग्न विभिन्न तहका व्यक्तिहरू पक्राउ परेका छन् । 

See More On

सुझावित समाचार