विश्व हिन्दू महासंघ अन्तर्राष्ट्रिय समिति नेपालका निमित्त अध्यक्ष प्रमोदकुमार चौरडियालाई अध्यक्षको जिम्मेवारीबाट हटाइएको छ । बुधबार महासंघको कार्यकारिणी समितिको आकस्मिक बैठकले चौरडियालाई पदमुक्त गरेको हो ।
निर्वाचित अध्यक्ष जनरल भरतकेसर सिंहको निधनपछि उनलाई ०७५ सालमा कार्यसम्पादन समितिले निमित्त अध्यक्षमा नियुक्त गरेको थियो ।
उनले कार्य सम्पादन समितिको विधानविपरीत काम गर्दै आएको पाइएपछि आकस्मिक बैठकले पदमुक्त गरेको विश्व हिन्दू महासंघकी महासचिव अस्मिता भण्डारीले विज्ञप्तिमार्फत जानकारी दिएकी छिन् । चौरडिया पदमुक्त भएसँगै उपाध्यक्ष चक्रबन्धु अर्याललाई अध्यक्षको जिम्मेवारी दिइएको पनि विज्ञप्तिमा जनाइएको छ ।