सनराइज बैंकको नायब प्रमुख कार्यकारी अधिकृतमा राणा

मंगलबार, २७ माघ, २०७७
डिजिटल संस्करण

सन्राइज बैंकले नायब प्रमुख कार्यकारी अधिकृतमा आरती राणालाई नियुक्त गरेको छ । बैंकको सञ्चालक समितिले राणालाई नायब प्रमुख कार्यकारी अधिकृतमा बढुवा गरेको हो । 

१९ वर्षदेखि बैंकिङ क्षेत्रमा कार्यरत रहेकी राणाले भारतको पुनेमा रहेको एसआइबिएम कलेजबाट एमबिए अध्ययन पूरा गरेको बैंकले जनाएको छ । श्रीमती राणाले सन् २००२ मा एभरेष्ट बैंकको म्यानेजमेन्ट ट्रेनीका रूपमा आफ्नो बैंकिङ करिअर सुरु गरेको जनाइएको छ । 

एभरेष्ट बैंकमा ५ वर्ष कार्यपश्चात् ग्लोबल आइएमई बैंकमा डेपुटी म्यानेजरका रूपमा प्रवेश गरेकी उनले १२ वर्ष उक्त बैंकमा काम गरेको बैंकले जनाएको छ । श्रीमती राणाले बैंकले आफूप्रति गरेको विश्वासलाई कदर गर्दै आगामी दिनमा बैंकलाई अझै उचाइमा पुर्याउन लागिपर्ने प्रतिबद्धता  जनाएको बैंकले उल्लेख गरेको छ । 

सुझावित समाचार