केपी ओली गणतन्त्र, संघीयतालगायत उपलब्धि समाप्त गर्ने बाटोमा : शक्ति बस्नेत (भिडियोसहित)

सोमबार, २६ माघ, २०७७
डिजिटल संस्करण

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) पुष्पकमल दाहाल प्रचण्ड–माधवकुमार नेपाल पक्षका स्थायी कमिटी सदस्य शक्ति बस्नेतले प्रधानमन्त्री केपी ओलीले राजनीतिक परिवर्तनलाई समाप्त पार्ने बाटो तयार पार्दै गइरहेको बताएका छन् । 

सोमबार सहिद बेपत्ता योद्धा परिवार, बागमती प्रदेशले काठमाडौंमा आयोजना गरेको विरोध ¥याली तथा कोणसभामा बस्नेतले ओलीको कदमले संघीयता, गणतन्त्र र समावेशी समानुपातिक प्रतिनिधित्वको अधिकार तथा धर्मनिरपेक्षताको अधिकार जोखिममा परेको बताएका हुन् । 

बस्नेतले प्रधानमन्त्री ओलीले प्रतिनिधिसभा विघटन, संवैधानिक आयोगमा गरिएका नियुक्तिलगायतलाई हेर्दा सामान्य लोकतान्त्रिक मूल्य–मान्यतालाई पनि सम्मान नगरेको बताए । ओलीको जनविरोधी कदमका विरुद्ध सशक्त ढंगले प्रतिवाद गर्नुपर्ने उनले बताए । 

सुझावित समाचार