प्रतिनिधिसभा विघटनविरुद्धका रिटउपर भोलि बहस नहुने

सोमबार, २६ माघ, २०७७
डिजिटल संस्करण

प्रतिनिधिसभा पुनस्र्थापना हुनुपर्ने मागसहित परेका रिटउपर मंगलबार सुनुवाइ नहुने भएको छ । सर्वोच्च अदालतका पूर्वन्यायाधीश इन्द्रराज पाण्डेको निधन भएकाले सर्वोच्चका सबै कामकारबाही मंगलबार बन्द हुने भएका हुन् ।

सोमबारको संवैधानिक इजलासका नेतृत्व गरिरहेका प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले यस्तो बताएका हुन् । पाण्डेको सोमबार बिहान निधन भएको थियो । 

पाण्डे मल्लिक आयोगका सदस्यसमेत थिए ।

सुझावित समाचार