उपलब्ध स्रोत र साधनलाई सही सदुपयोग गर्न नसक्दा विकास र समृद्धिको यात्रामा पछि परेको नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले बताएका छन् ।
तुलसीपुर उद्योग वाणिज्य संघको २६औँ साधारणसभा उद्घाटन गर्दै ढकालले निर्वाचनका समयमा गरिएका वाचाहरू पूरा गर्न आफू काम गर्ने बताए । ‘हुन त स्थानीय समस्याहरू समाधान गर्न स्थानीय नेतृत्व नै पूर्ण सक्षम हुनुहुन्छ ।
तर, हामीले निर्वाचनका समयमा गरेका वाचाहरू पूरा गर्नेछौँ,’ उनले भने । निजी क्षेत्रलाई राज्य तथा यसका निकायहरूबाट हेर्ने परम्परागत दृष्टिकोणले समस्या पारेको बताउँदै उनले नाफाका लागि मात्र काम गर्छन्, सामाजिक उत्तरदायित्व लिँदैनन् भन्ने परम्परागत धारणालाई परिवर्तन गर्नुपर्ने बताए ।