बन्चरो प्रहार गरी श्रीमान्ले गरे श्रीमतीको हत्या

शनिबार, २४ माघ, २०७७
डिजिटल संस्करण

खाना नबनाएको विषयमा झगडा हुँदा बन्चरो प्रहार गरी श्रीमान्ले श्रीमतीको हत्या गरेका छन् । पर्वत जलजला गाउँपालिका वडा नं. ७ धाइरिङ स्थायी घर भई हाल पोखरा महानगरपालिका वडा नम्बर ३३ उपल्लो पुँडी बस्ने ५० वर्षीयस्थित गमहादुर पुनले आफ्नी ४२ वर्षीया श्रीमती हरिमाया पुनको हत्या गरेका कास्की प्रहरीले शुक्रबार साँझ पत्रकार सम्मेलनमार्फत जानकारी दिएको छ ।

कार्यालयका सूचना अधिकार सुवास हमालका अनुसार बिहीबार राति अन्दाजी आठ बजेको समयमा  खाना नबनाएको विषयमा उनीहरूबीच झगडा भएको प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको जानकारी दिए । त्यसपछि बन्चरो प्रहार गरी पुनले आफ्नी श्रीमतीको हत्या गरेका हुन् ।

शुक्रबार बिहान हरिमाया आफ्नो सुत्नेकोठामा मृत अवस्थामा रहेको सूचना प्रहरीलाई प्राप्त भएको थियो । सूचनाका आधारमा इलाका प्रहरी कार्यालय सिसुवाडाँडाबाट प्रहरीको टोली गएको थियो । प्रहरीले घटनास्थलको अनुसन्धान एवं मुचुल्का गरी शव पोस्टमार्टमका लागि पश्चिम क्षेत्रीय अस्पताल ल्याएको थियो ।

अनुसन्धानको क्रममा श्रीमानले हत्या गरेको देखिएपछि उनको खोजतलास गर्ने क्रममा पोखरा ३३ लामगादीबाट पक्राउ गरेको हमालले जानकारी दिए । पक्राउ परेका उनलाई कर्तव्य ज्यान मुद्दामा दर्ता गरी अदालतबाट १० दिन म्याद थप गरी अनुसन्धान सुरु गरेको प्रहरीले जनाएको छ ।

See More On

सुझावित समाचार