नेकपाका वरिष्ठ नेता माधवकुमार नेपालले प्रतिगमनविरोधी आन्दोलन अझ सशक्त बन्दै जाने बताएका छन् । शुक्रबार सञ्चारकर्मीहरूसँगको अन्तरक्रियामा नेपालले नीति, विधि र सिद्धान्तको लडाइँमा नेकपाले चलाइरहेको आन्दोलनले छिट्टै सफलता हासिल गर्ने बताए । प्रधानमन्त्री केपी ओली नेतृत्वको कामचलाऊ सरकारले अहिले अनावश्यक त्रास सिर्जना गर्न खोजेकोसमेत नेपालले आरोप लगाए ।
‘सेनाका बख्तरबन्द गाडी रिङरोडतिर घुमाउँदैमा हामी डराउनेवाला छैनौँ, हामी अगाडि बढ्छौँ,’ नेपालले भने । अहिले नेकपा विभाजित नभएको दाबी गर्दै नेपालले ओलीनिकट सानो समूह मात्रै चोइटिन खोजेको बताए । ‘ओलीको चोइटिएर जाने इच्छा भए गए हुन्छ, बालकोटमै कार्यालय बनाए पनि हुन्छ, गणेश प्रवृत्ति धेरै दिन टिक्दैन, हामी व्यक्ति पूजा गर्दैनौँ,’ नेपालले भने ।