ललितानिवास जग्गा प्रकरण : मीनबहादुर गुरुङसँग दुई करोड धरौटी माग

बुधबार, २१ माघ, २०७७
डिजिटल संस्करण

ललितानिवास जग्गा हिनामिना मुद्दामा विशेष अदालतले व्यवसायी मीनबहादुर गुरुङसँग दुई करोड रुपैयाँ धरौटी माग गरेको छ । मुद्दा दायर भएको एक वर्षपछि अदालतमा उपस्थित भएका उनलाई प्रेमराज कार्की र अब्दुल अजिज मुसलमानको इजलालले दुई करोड रुपैयाँ धरौटी माग गरेको हो । 

३९ करोड २७ लाख ६८ हजार बिगो दाबीसहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनीविरुद्ध मुद्दा दायर गरेको थियो । अदालतमा उपस्थित भएकामध्ये सबैभन्दा धेरै धरौटी उनीसँग मागिएको हो ।

सुझावित समाचार