म्यानमारमा सैनिक कु, विश्व समुदायबाट भर्त्सना
म्यानमारमा सेनाले कु गरेको छ । प्रजातन्त्रवादी नेतृ आङ साङ सुकी र वरिष्ठ नेताहरूलाई हिरासतमा लिएर सोमबार सैनिकले सत्ता हातमा लिएको अन्तर्राष्ट्रिय एजेन्सीहरूले जनाएका छन् । सैनिक कुको विरोधमा विश्वका विभिन्न राष्ट्रले विरोध तथा भत्र्सना गरेका छन् । उनीहरूले सेनालाई आफ्नो कदम सच्याउन आग्रह गरेका छन् । अमेरिकाले निर्वाचन नतिजामा असर पार्ने र प्रजातान्त्रिक परिवर्तनमा अवरोध सिर्जना गर्ने कुनै पनि किसिमको कार्यको विरोध जनाउने बताएको छ ।
सैनिक हिरासतमा रहेकी नेतृ आङ सुकीले म्यानमारमा सैनिक कुविरुद्ध विरोध गरेकी छिन् । उनले सेनाको यो कदमको विरोध हुनुपर्ने प्रतिक्रिया दिएकी छिन् । उनले यसको विरोध गर्न सर्वसाधारणलाई आह्वान पनि गरेकी छिन् । सोमबार बिहानबाट सैनिक हिसासतमा रहेकी सुकीले भनेकी छिन्, ‘म्यानमारमा पुनः एकपटक तानाशाही थोपर्ने कोसिस भएको छ, म सर्वसाधारणलाई यो आह्वान गर्छु कि यो कदम कसैले पनि स्विकार्नुहुन्न, सेनाको कार्यप्रति विरोध जनाउनुपर्छ ।’
म्यानमारमा सैनिक ‘कु’बारे बोल्यो नेपाल, गिरफ्तार शीर्ष नेतालाई रिहाइको माग
म्यानमारमा भएको सैनिक ‘कु’को नेपालले औपचारिक रूपमा विरोध गरेको छ । साँझ परराष्ट्र मन्त्रालयद्वारा जारी प्रेस विज्ञप्तिमा गिरफ्तार राष्ट्रपति उ विन मिन्ट तथा स्टेट काउन्सिलर आङ सान सुकीलगायतको तत्काल रिहाइका लागि अनुरोध गरिएको छ । म्यानमारमा आज बिहान भएको सैनिक ‘कु’प्रति अन्तर्राष्ट्रिय समुदायले विरोध जनाइरहेकोमा नेपालले पनि विरोध जनाएको हो । गत नोभेम्बरमा भएको आमनिर्वाचनलाई धाँधली भएको भन्दै सेनाले सत्ता हातमा लिएर नेसनल लिग फर डेमोक्रेसीका नेतासहित मन्त्री तथा प्रदेश प्रमुखहरूलाई गिरफ्तार गरेको छ । ‘नेपालले म्यानमारमा भएका विकासक्रमलाई नजिकबाट नियालिरहेको छ । हामी विश्वास गर्छौँ कि म्यानमारका जनताको चाहनालाई सबै पक्षले सम्मान गर्नेछन् अनि लोकतान्त्रिक तथा संवैधानिक प्रक्रिया चाँडै नै पुनस्र्थापना हुनेछ,’ परराष्ट्र मन्त्रालयले भनेको छ । नेपालले पक्राउ परेका राष्ट्रपति मिन्ट तथा स्टेट काउन्सिलर सुकीको सुरक्षाबारे चिन्तासमेत व्यक्त गरेको छ ।
प्रधानमन्त्री ओलीलाई पार्टीको साधारण सदस्यबाट निष्कासन गर्ने नेकपा प्रचण्ड–माधव पक्षको निर्णय (भिडियोसहित)
पार्टी आधिकारिताको दाबी गर्दै निर्वाचन आयोगलाई पत्र लेख्ने
नेकपा प्रचण्ड–माधव पक्षको केन्द्रीय कमिटी बैठकले प्रधानमन्त्री केपी ओलीलाई पार्टीको साधारण सदस्यबाटै हटाउने निर्णय गरेको छ । राजधानीको एक पार्टी प्यालेसमा सोमबार बसेको बैठकले ओली निष्कासन गर्ने निर्णय गरेको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।
नेपालको अँध्यारो युग समाप्त भयो, अब देशमा चौतर्फी विकास हुन्छ : प्रधानमन्त्री ओली
प्रधानमन्त्री केपी ओलीले नेपालको अँध्यारो युग समाप्त भएको दाबी गरेका छन् । ‘१०५ वर्षअघि फर्पिङबाट चन्द्रज्योति भनेर सुरु गरिएको पिलपिले बत्तीको सुरुवात भयो, त्यो पिलपिले बत्ती माथि उठ्न नसकेर देशलाई १८ घन्टासम्म अन्धकार बनायो,’ धनुषाको ढल्केबरस्थित सबस्टेसनको उद्घाटन गर्दैै ओलीले भने, ‘अँध्यारो युग समाप्त भयो, अब देशमा चौतर्फी विकास हुन्छ ।’
नेकपाको चुनाव चिह्न फ्रिज गराउने षड्यन्त्र हुँदै छ, होसियार बन्न आवश्यक छ : माधव नेपाल
नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड–माधव समूहका अध्यक्ष माधवकुमार नेपालले पार्टीको आधिकारिकता कसैलाई नदिएर चुनाव चिह्न फ्रिज गराउने षड्यन्त्र भएको बताएका छन् । सोमबार आयोजित आफूपक्षीय केन्द्रीय कमिटीको चौथो बैठकको उद्घाटन सत्रमा नेपालले पार्टीको आधिकारिकता कसैलाई पनि नदिएर चुनाव चिह्न फ्रिज गराउने षड्यन्त्र भइरहेको बताएका हुन् । निर्वाचन आयोगले पत्र पठाएर आधिकारिकताका सवालहरू उठाउन खोज्नुले षड्यन्त्र भइराखेको अनुभूति भएको उनको भनाइ छ । केन्द्रीय कमिटीमा एकचौथाइ सदस्यसमेत नरहेको केपी ओली पक्षको आधिकारिकता हुनै नसक्ने जिकिर गर्दै नेपालले आफूहरू नै आधिकारिक भएको दाबी गरे । उनले भने, ‘निर्वाचन आयोगले यसबीचमा हामीलाई पत्र पठाएको छ र त्यो पत्रमा उसले आधिकरिकताका सवालहरू उठाउन खोजेको देखिन्छ । प्रस्ट के छ भने पार्टीको आधिकारिकता कोसँग रहन्छ केपी ओली जोसँग एकचौथाइ केन्द्रीय सदस्य पनि छैनन् त्योसँग पार्टीको आधिकारिकता हुन सक्दछ ? दाबा गर्न मिल्छ ? त्यसो हुनाले सबै सवालबारे हामीले समुचित जवाफ दिनुपर्ने आवश्यकता छ । हरेक षड्यन्त्र भइरहेका छन् कि पार्टीको आधिकारिकता कसैलाई पनि नदिने, निर्वाचन चिह्न कसैलाई पनि नदिएर फ्रिज गर्ने खालका ठूलो षड्यन्त्रहरू भइरहेको छ ।’
राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले प्रतिनिधिसभा विघटन मध्यावधि चुनाव गराउनका निम्ति नभएको बताएका छन् । राष्ट्रिय जनमोर्चाले सोमबार आयोजना गरेको प्रतिनिधिसभा विघटन र प्रतिगमनको खतरा विषयक अन्तरक्रिया कार्यक्रममा केसीले मध्यावधि चुनाव गराउनका निम्ति संसद् विघटन नगरिएको जिकिर गरेका हुन् ।
कम्युनिस्ट सरकारबाट नेपाल असुरक्षित : रामचन्द्र पौडेल
कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले कम्युनिस्टको हातमा देश असुरक्षित बन्दै गएको आरोप लगाएका छन् । तनहुँको दमौलीमा कांग्रेसले सोमबार गरेको विरोध सभालाई सम्बोधन गर्दै पौडेलले कम्युनिस्ट सरकारका कारण जनताले सास्ती पाएको बताए । ‘यो राष्ट्र सुरक्षित छैन । नेपाली सुरक्षित छैनन् । निर्मला पन्तहरू सुरक्षित छैनन । सुरक्षित छैन भन्ने यो प्रतिनिधिसभा विघटनको कदम प्रमाण हो । अहिलेको प्रतिनिधिसभा भंग भएको छ ।’ ७० वर्ष लडेर ल्याएको संविधानमाथि प्रहार भएको उनले बताए । ‘नेपाललााई एउटा विग्रहको भुमरीमा धकेलेर अफगानिस्तानको हालतमा पु¥याएर राष्ट्रमाथि असुरक्षा पैदा गरेको छ । नेपाललाई असुरक्षित बनाएको छ । यहाँ भित्र खेलहरू भइरहेको छ यो बुझ्न जरुरी छ,’ उनले भने ।
बागमती प्रदेश सभाको बैठक फागुन १ गतेसम्मका लागि स्थगित
बागमती प्रदेश सभाको बैठक सूचना टाँस गरी आगामी फागुन १ गतेसम्मका लागि स्थगन भएको छ । सोमबार दिउँसो २ बजेका लागि निर्धारित बैठक विशेष कारणवश बस्न नसक्ने जनाउँदै सूचना टाँस गरी स्थगन भएको प्रदेश सभा सचिवालयद्वारा जारी सूचनामा जनाइएको छ । प्रदेश सभा सचिव कृष्णहरि खड्काका अनुसार विशेष कारण स्थगित गरिएको बैठक आगामी फागुन २ गते दिउँसो २ बजेका लागि आह्वान गरिएको छ । माघ ९ गते बसेको प्रदेश सभाको बैठकमा मुख्यमन्त्री डोरमणि पौडेलविरुद्ध दर्ता भएको अविश्वास प्रस्तावमाथि सामान्य छलफल भई स्थगित भएको थियो ।
प्रदेश सभा बैठकको माग गर्दै नाराबाजीमा उत्रिए बागमतीका सांसद (भिडियोसहित)
बामगती प्रदेश सभा बैठकको माग गर्दै सांसदहरू नाराबाजीमा उत्रिएका छन् । सोमबार दिउँसो २ बजेका लागि बोलाइएको बैठक १८ माघमा विशेष कारण भन्दै स्थगित गरेपछि मुख्यमन्त्री डोरमणि पौडेलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गर्ने सत्तारुढ नेकपा प्रचण्ड–माधव समूहका सांसद प्रदेश सभा परिसरमै नाराबाजीमा उत्रिएका हुन् ।
सभामुखले संवैधानिक परिषद्को पत्र फिर्ता पठाएकोमा राष्ट्रिय सभा अध्यक्षको आपत्ति
सभामुख अग्नि सापकोटाले संवैधानिक परिषद्को नियुक्ति सिफारिस फिर्ता पठाएकोमा राष्ट्रिय सभा अध्यक्ष गणेश तिमिल्सिनाले आपत्ति जनाएका छन् । विभिन्न संवैधानिक पदमा नियुक्तिका लागि संसदीय सुनुवाइ समितिमा पेस गर्ने प्रयोजनको परिषद्ले पठाएको पत्र सभामुखले आइतबार फिर्ता पठाइदिएका थिए । राष्ट्रिय सभा अध्यक्षले सोमबार पत्रकार सम्मेलन गरेर आपत्ति जनाएका हुन् । संघीय संसद् एक सदनात्मक नभएको उनले स्मरण गराएका छन् । प्रतिनिधिसभा र राष्ट्रिय सभा समान हैसियतको भएको उनले बताएका छन् । संसदीय सुनुवाइ समिति प्रतिनिधिसभा र राष्ट्रिय सभाको संयुक्त समिति भएकाले सभामुखले मात्र निर्णय गर्न नसक्ने तिमिल्सिनाको जिकिर छ ।
नुवाकोटमा ओली समूह र प्रचण्ड–नेपाल समूहबीच झडप, तीनजना घाइते
नुवाकोटमा नेकपा ओली समूह र पुष्पकमल दाहाल ‘प्रचण्ड’–माधवकुमार नेपाल समूहबीच झडप भएको छ । झडपमा प्रचण्ड–नेपाल समूहका तीनजना कार्यकर्ता सामान्य घाइते भएका छन् । ओली समूहले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्न उपप्रधानमन्त्री ईश्वर पोखरेल र ऊर्जामन्त्री टोपबहादुर रायमाझी नुवाकोट पुगेका थिए ।
सडकबाट अवकाश भन्ने विषय हुँदैन
‘नेपाली जनताले श्री ३, श्री ५ को दासतालाई अस्वीकार गरे । खड्गप्रसाद कत्रो ठूलो महाराज हो ?’ गत १२ माघमा बालुवाटारमा भएको नागरिक आन्दोलनमा लेखक खगेन्द्र संग्रौलाले प्रधानमन्त्री केपी ओलीको गैरसंवैधानिक कदमविरुद्ध बोलेका वाक्य हुन् यी । सेतै कपाल फुलेका संग्रौला ७५ वर्षका भइसके । ०४६, ०६२-६३ को परिवर्तनमा पनि संग्रौला सडकमै आन्दोलनमा थिए । रत्नपार्क, बानेश्वर, माइतीघर अथवा बालुवाटारमा हुने विरोध प्रदर्शनमा उनको सक्रियता हेर्नलायक थियो ।
राष्ट्रिय महिला फुटबल लिग : आर्मीको तेस्रो जित
राष्ट्रिय महिला फुटबल लिग प्रतियोगितामा विभागीय त्रिभुवन आर्मी क्लबले विराटनगर महानगरपालिकालाई ७–० ले हराएको छ । सातदोबाटोको एन्फा कम्प्लेक्समा जारी लिगमा आर्मीको यो तेस्रो जित हो । आर्मीले पाँच खेलबाट १० अंक जोडदै दोस्रो स्थान रक्षा गरेको छ । लिगमा सात अंक जोडेको विराटनगर महानगरपालिका चौथो स्थानमा छ । आर्मीको जितमा शर्मिला पाथाले ह्याट्रिक गरेकी थिइन् । यसैगरी विमला चौधरीले दुई गोल गर्न सफल भइन् । विमला विक र रश्मी घिसिङले एक–एक गोल गरेका थिए । खेलको २९औँ मिनेटमा आर्मीले पेनाल्टीमा अग्रता लिने अवसर चुकाएको थियो । रश्मी घिसिङले प्रहार गरेको पेनाल्टीलाई विराटनगरकी गोलरक्षक कल्पना कार्कीले रोकेकी थिइन् ।
मेसीले बार्सिलोनासँग गोप्य सम्झौता गरेको खुलासा
गतबर्ष लियोनल मेसीले अब बार्सिलोना क्लब छाड्ने घोषणका साथै क्लबसँग बाटो सहज पानै आग्रह गरेका थिए । तर बार्सिलोनाले सम्झौता अझै बाँकी रहेका कारण क्लबमै बस्नु पर्ने अडान लिएको थियो । क्लबको अडानपछि बार्सिलोना र मेसीबीचको सम्वन्ध चिसिएको थियो । यसैबीच बार्सिलोनाको वित्तिय संस्था अर्मागेडोनको एउट पत्र हालै लिक भएको छ । यो पत्र लिक हुँदा विश्व फुटबलमा हलचल मच्चिएको छ । आखिर त्यो पत्रमा के छ ? वास्तवमा बार्सिलोना र मेसीबीच सन् २०१६ मा एउटा गोप्य सम्झौता भएको रहेछ । जसअनुसार मेसीले बार्सिलोनासँग ४९ करोड १७ लाख २२ हजार ८५ मिलियन पाउन्डको सम्झौता गरेका थिए । फुटबल इतिहासमा यो अहिलेसम्मकै ठूलो सम्झौता मानिएको छ ।
निराशापनलाई सामान्य समस्या नठानौँ
दैनिक जीवनमा आइपर्ने विभिन्न समस्याले मानिसमा निराशा आउनु सामान्य हो । तर, यही तनाव व्यवस्थापन गर्न नसक्दा कहिलेकाहीँ गम्भीर मानसिक समस्यासमेत आउन सक्छ । यसकारण निराशापनलाई सामान्य मानिए पनि यसले निम्त्याउने जोखिमबारे भने सधैँ सचेत हुन आवश्यक छ । धेरैले निराशा र डिप्रेसन एकै हो भनेर ठानिरहेका हुन्छन् । तर, निराश हुनु डिप्रेसनको एक पक्ष मात्रै हो, जसले चिन्ता, पश्चात्ताप र अवरोधलाई बढावा दिन्छ । यसलाई उदासीनताका रूपमा गलत अर्थ लगाउनु हँुदैन । अर्थात् उदासीनता सामान्य भावनात्मक लक्षण हो, जुन छोटो समयमै आफैँ ठीक भएर जान्छ । तर, कतिपय अवस्थामा उदासीनता लामो समयसम्म रहिरहन पनि सक्छ ।