आयोगलाई ओली समूहको सुझाब : निर्वाचनको तयारीमा लाग्नुहोस्

शुक्रबार, १६ माघ, २०७७
डिजिटल संस्करण

प्रचण्ड-माधव पक्ष निर्वाचन आयोग पुगेर पत्र मात्रै दर्ता गरेर फर्किए पनि केपी ओलीपक्षीय नेताहरूले आयोगमा आफूहरू चुनावका  लागि तयार रहेको बताएका छन्।

त्यस्तै, ओली समूहले दल दर्ता अगाडि बढाउन पनि आयोगसँग आग्रह गरेको छ। छलफलपछि पत्रकारहरूसँग कुरा गर्दै सुवास नेम्वाङले दल दर्ताको प्रक्रिया अघि बढाउन आफूहरूले आग्रह गरेको बताए । उनले भने, ‘दल दर्ताको प्रक्रियामा जानुपर्छ, निर्वाचनबाट सबै टुंगो हुन्छ ।’

नेम्वाङले चुनावका लागि आफूहरू तयार रहेको भन्दै आयोगलाई पनि तयारी गर्न सुझाब दिएको बताए। शुक्रबार निर्वाचन आयोगले नेकपाका दुवै पक्षलाई आयोग बोलाएको थियो । दल दर्तासम्बन्धी सूचना सार्वजनिक गर्ने सम्बन्धमा र आयोगले गरेको कामको जानकारी दिने विषयमा छलफलका लागि बोलाएको थियो।

सुझावित समाचार