निर्वाचन रोक्न केही साथीहरू आयोगमा ढुकेर बस्नुभयो : मन्त्री ढकाल

शुक्रबार, १६ माघ, २०७७
डिजिटल संस्करण

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री भानुभक्त ढकालले मन्त्रिपरिषद्को निर्णयमा निर्वाचनकाे मिति घोषणा भएकोले वैशाखमै चुनाव हुने ठोकुवा गरेका छन् ।

शुक्रबार मन्त्रालयमा आयोजित छलफल कार्यक्रममा मन्त्री ढकालले  चुनावको विपक्षमा जानेहरू यथास्थितिवादी भएको आरोप लगाए । ‘चुनावका कार्यक्रम रोक्न केही साथीहरू निर्वाचन आयोगमा  डेरा जमाएर बस्नुभएको छ,’ मन्त्री ढकालले भने ।

निर्वाचित प्रधानमन्त्रीले सरकार चलाउन नसकेपछि जनतामा जान्छु भन्नु लोकतन्त्रविरोधी कदम नहुने भएकोले चुनावमा जान कोही पनि डराउन नहुने बताए । 

सुझावित समाचार