एनएमबि वैंकले आफ्ना निक्षेपकर्तालाई नेपालमा रहेका वाणिज्य बैंकहरूमा सबैभन्दा बढी ब्याजदर प्रदान गर्ने गरेको दाबी गरेको छ । माघ महिनाअघिदेखि नै बचतमा ५ दशमलव १ प्रतिशतसम्म र मुद्दतीमा ८ दशमलव १ प्रतिशतसम्म ब्याज दिएको बैंकले जनाएको हो ।
हाल बैंकहरूमा निक्षेप बढेको र साना निक्षेपकर्तालाई बचतमा न्यून ब्याज प्राप्त भई लगानीको प्रतिफल सन्तोषजनक नरहेको कारण सबै वर्गलाई समेट्ने गरी बढी ब्याज प्रदान गरेको बेंकले जनाएको छ ।
मुख्यतया, बैंकहरू कर्जा सापटीमा केन्द्रित भएको देखिए तापनि चार वर्षमा तीनपटक बैंक अफ दी इयर अवार्ड पाएको एनएमबिले भने ससाना निक्षेपकर्तालाई मर्का नपरोस् भनेर अधिकतम ब्याजको योजना अघि सारेको उल्लेख गरेको छ ।