बैंक अफ काठमाण्डू लिमिटेडले आफ्ना संस्थागत ग्राहकका लागि बैंक खाताबाटै विद्युतीय कारोबार गर्न सक्ने कर्पोरेट पे प्रणालीको सुरुवात गरेको छ । उक्त सेवा बैंकले नेपाल क्लियरिङ हाउस लिमिटेडसंगको सहकार्यमा उपलब्ध गराएको हो ।
सम्झौतामा बैंकका प्रमुख सूचना अधिकारी महेश मिश्र तथा क्लियरिङ हाउसका प्रमुख सञ्चालन अधिकृत मुन्नी राजभण्डारीले हस्ताक्षर गरेको जनाइएको छ ।
बैंकका संस्थागत ग्राहकलाई डिजिटल माध्यमबाट रकम स्थानान्तरण, तलब व्यवस्थापन, सरकारी राजस्व भुक्तानीलगायत अन्य विभिन्न व्यावसायिक भुक्तानी आफ्नो बैंकमा रहेको बैंक खाताबाट सजिलै गर्न सकिने कम्पनीले जनाएको छ । उक्त प्रणालीमार्फत कनेक्ट आइपिएस वा एनसिएचएल–आइपिएस भुक्तानी कारोबारहरू गर्न सकिने सुविधा रहेको जनाइएको छ ।
बैंक अफ काठमाण्डू लिमिटेडले ९० शाखा, ७८ एटिएम र १० एक्स्टेन्सन काउन्टरबाट ग्राहकलाई उत्कृष्ट बैंकिङ सुविधा प्रदान गर्दै आइरहेको जनाएको छ ।