गाईघाटमा सामसङ डिजिटल प्लाजा

बुधबार, १४ माघ, २०७७
डिजिटल संस्करण

नेपालमा सामसङ इलेक्ट्रोनिक्स र घरेलु उपकरणहरूको आधिकारिक वितरक हिम इलेक्ट्रोनिक्स प्रालिले उदयपुरको गाईघाटमा सामसङ डिजिटल प्लाजा सञ्चालनमा ल्याएको छ । यो कम्पनीको १२औँ सोरुम हो । 

सामसङ उत्पादनका लागि ग्राहकको बढ्दो माग र अत्याधुनिक बिक्री काउन्टरले हिम इलेक्ट्रोनिक्सलाई विद्यमान सामसङ प्लाजाको नेटवर्क विस्तार गर्न प्रेरित गरेको कम्पनीले जनाएको छ । हिम इलेक्ट्रोनिक्स प्रालिले गाईघाटमा सञ्चालनमा ल्याएको सोरुमको नाम कालिका सप्लायर्स एन्ड ट्रेडर्स राखेको छ । सोरुमको उद्घाटन कम्पनीका उपाध्यक्ष प्रभाकरशमशेर थापाले गरेको जनाइएको छ । 

उद्घाटनपछि थापाले नयाँ सामसङ डिजिटल प्लाजाले गाईघाटका ग्राहक धेरै किसिमले लाभान्वित हुने विश्वास व्यक्त गरेका थिए । प्लाजामा सामसङका एलइडी टिभी, फ्रिज, वासिङ मेसिन, माइक्रोवेभ ओभन र मोबाइल फोनलगायतका उत्पादन उपलब्ध रहेको जनाइएको छ । 

सुझावित समाचार