बैंकिङ कसुरका प्रतिवादी पक्राउ

सोमबार, १२ माघ, २०७७
डिजिटल संस्करण

बैंकिङ कसुरका फरार प्रतिवादी भक्तपुर– ५ का ३८ वर्षीय कृष्णलाल ढोलालाई प्रहरीले पक्राउ गरेको छ । 

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोबाट खटिएका प्रहरी टोलीले उनलाई आइतबार अनामनगरबाट पक्राउ गरेको हो । उनीविरुद्ध उच्च अदालत पाटनले १० लाख रुपैयाँ जरिवानासहित नौ दिन कैद सजायको फैसला गरेको थियो ।

उनले बैंकको खातामा पर्याप्त रकम छैन भन्ने थाहा पाउँदापाउँदै शुभकुमारी मगरलाई ज्योति विकास बैंक ललितपुर शाखाको चेक काटेर दिएका थिए ।

सुझावित समाचार