कुलप्याड ब्रान्डको स्मार्ट फोनका दुई मोडेल सार्वजनिक

आइतबार, ११ माघ, २०७७
डिजिटल संस्करण

मोबाइल फोन ब्रान्ड कुलप्याडले नेपाली बजारमा नयाँ मोडेलको स्मार्ट फोन ल्याएको छ । कम्पनीले कुल १० र कुल एस नामक २ नयाँ मोडेल बजारमा ल्याएको हो । नेपालका लागि कुलप्याड मोबाइलको आधिकारिक आयातकर्ता तथा वितरक एसडी इन्टरनेसनल प्रालिले नयाँ मोडेलको स्मार्ट फोन बजारमा ल्याएको घोषणा गरेको हो । कम्पनीका जनरल म्यानेरज कर्पोरेट हेड उपेन्द्र साहले कुलप्याडका फोनहरू नयाँ आविष्कारिक र आकर्षक डिजाइनका साथै उच्चस्तरीय भएकाले युवापुस्ताले मन 
पराउने बताए । 

कुल १० स्मार्ट फोन
कुलप्याडको कुल १० स्मार्ट फोनमा ६.५२ इन्चको वाटरड्रप नोच डिस्प्ले डिजाइन रहेको कम्पनीले जनाएको छ । यसमा फोटोग्राफीका लागि १६ मेगापिक्सेलको मुख्य क्यामरा, ०.३ मेगापिक्सेल प्लस ०.३ मेगापिक्सेलको रियर क्यामरासहित ड्युल एआई क्यामरा रहेको जनाइएको छ । सेल्फीका लागि ८ मेगापिक्सेलको एआई क्यामरा राखिएको कम्पनीले जनाएको छ ।

फोनमा ५ हजार एमएएच ब्याट्री प्याक रहेको तथा लाइट सेन्सर, प्रोक्सिमिटी सेन्सर, साइड फिंगर प्रिन्ट र फेस अनलक फिचरहरू रहेको कम्पनीले जनाएको छ । यसमा हेलियो पी६० प्रोसेसरका साथमा ४ जिबी ¥याम र ६४ जिबी स्टोरेज अप्सन रहेको जनाइएको छ । फोनको मूल्य १६ हजार ५ सय ९५ रुपैयाँ तोकिएको कम्पनीले जनाएको छ ।

कुल एस स्मार्ट फोन
कुल एस स्मार्ट फोनमा ६.५२ इन्चको कर्नर पन्चहोल फुल एचडी प्लस डिस्प्ले डिजाइन रहेको कम्पनीले जनाएको छ । यसमा फोटोग्राफीका लागि ४८ मेगापिक्सेलको क्वाड क्यामरा सेटअप रहेको जनाइएको छ । साथै, २५ मेगापिक्सेल प्लस २ मेगापिक्सेल तथा ५ मेगापिक्सेलको माइक्रो क्यामरा रहेको कम्पनीले जनाएको छ । 

फोनमा ५ हजार एमएएच ब्याट्री प्याक तथा लाइट सेन्सर, प्रोक्सिमिटी सेन्सर, साइड फिंगर प्रिन्ट, फेस अनलक, ब्लुटुथ, युएसबी टाइप सी, एनएफसीलगायतका फिचरहरू रहेको जनाइएको छ । यो स्मार्ट फोनमा हेलियो पी६० प्रोसेसरका साथमा ४ जिबी ¥याम र १२८ जिबी स्टोरेज अप्सन रहेको जनाइएको छ । कम्पनीले यसको मूल्य २२ हजार ५ सय ९५ रुपैयाँ तोकेको जनाएको छ । 

सुझावित समाचार